सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु
पाेखरा | साउन २२, २०७९
पोखरा: सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा छलफल हुने हरेक विषयहरू माथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्न समेत यस प्रकारका फोरमहरू फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।
गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि।सं। २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

